काठमाडौं – गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकको डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरिएको हो ।
हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij