काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । विभिन्न व्यक्तिको नाममा रहेको ५ लाख ३५ हजार ९०९ कित्ता सेयर विक्रीमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।
इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ। ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij