२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

825
Shares

काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ । अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स–३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केहि अवधिको लागी मात्र लागु हुनेछ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ ।
एक्स–३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।
यसले सिंगल चार्जमा ३७० किलोमिटर ९ल्भ्म्ऋ० सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।
केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।
विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितीसँग, केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ । थप जानकारीका लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिन्छ ।
केई अटोका बारेमा
यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij