२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ११.१० अकंले घट्यो, ७ अर्ब ८५करोडको कारोबार

नेप्से ११.१० अकंले घट्यो, ७ अर्ब ८५करोडको कारोबार

840
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१० अकंले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ ।  आज ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।  आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij