काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij