२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

आज लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

950
Shares

काठमाडौं – लिबर्टी इनर्जी कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २ गतेदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको थियो ।

कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बिक्री गरेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंग, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij