काठमाडौं – कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाण्डौ स्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रुपैयाँ सम्मको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै अएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ।
साथै बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij