२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं –  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजार चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij