२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होजोन अटो (नेटाले) ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त

होजोन अटो (नेटाले) ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त

745
Shares

 

काठमाडौं- चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो । २०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाउँदै छ। नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो। चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२% को वार्षिक गिरावट देखिएको थियो। यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij