काठमाडौं – कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा २४.५५ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद
बैंकको इम्पेयरमेन्ट चार्ज २१ करोड १९ लाखबाट घटेर १९ करोड ६४ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ९५ करोड ८८ लाखबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । सञ्चालन आम्दानी पनि बढेको छ ।
समिक्षा अवधिमा प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १७ करोडबाट बढेर ३७ करोड भन्दा धेरै छ । चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ जम्मा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij