काठमाडौं- नबिल बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
उक्त अवधिमा बैंकको खुद नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने खुम्चिएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफामा सामान्य सुधार आएको हो । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ।
त्यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ३० अर्ब ३० करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २८ अर्ब ५३ करोड ७० लाख रुपैयाँ थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij