२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको नाफामा सुधार, अन्य वित्तीय अवस्था ?

गरिमा विकास बैंकको नाफामा सुधार, अन्य वित्तीय अवस्था ?

1.4K
Shares

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।प्रकाशित भएको वित्ती य विवरण अनुसार खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेको कारण बैंकको खुद नाफा सुधार भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत बढेको छ भने इम्पेरमेन्ट चार्ज १८.१८ प्रतिशतले घटेर ४४ करोड १९ लाख रुपैयाँमा झरेको छ । साथै, समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी ७.२८ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा सामान्य वृद्धि भएको छ । यस अवधिमा ८७ अर्ब ३३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६७ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । ५ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खराब कर्जा बढेको देखिन्छ । बैंकको निष्कृय कर्जा अनुपात ४.७२ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १९.३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २०.१२ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij