काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij