२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

780
Shares

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका(६ घर भई काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij