२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओम मेगाश्री फार्मास्युटिकल्सले आइपीओ जारी गर्न सेबोनले दियो अनुमति

ओम मेगाश्री फार्मास्युटिकल्सले आइपीओ जारी गर्न सेबोनले दियो अनुमति

1.8K
Shares

काठमाडौं-  ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आइपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसअनुसार यस कम्पनीले १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ पुग्नेछ।  कम्पनीले आइपीओ निष्कासन अनुमति पाएसँगै नेपालमा पहिलोपटक औषधि कम्पनी पुँजी बजारमा भित्रिने भएको छ ।   यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij