काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी अघिल्लो दिन तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij