एजेन्सी – दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।
गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन् । तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij