२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बासियो र मोरु डिजिटल वालेटबीच सहकार्य

बासियो र मोरु डिजिटल वालेटबीच सहकार्य

715
Shares

काठमाडौं -नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने उद्देश्यले देशकै अग्रणी भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ। यो साझेदारीले मोरुका लाखौँ प्रयोगकर्तालाई होटल बुकिङ सेवा सोझै मोरु एपमार्फत उपलब्ध गराउन सकिने छ।

यो सहकार्यसँगै मोरुका प्रयोगकर्ताले अब बासियोले प्रदान गर्ने होटल तथा आवासको सूची हेर्न र बुक गर्न सक्ने छन्। बुटिक होटलदेखि होस्टल र विलासी रिसोर्टसम्मको सुविधा एउटै एपमा उपलब्ध हुनेछ। जसले छुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने आवश्यकता हटाउने भएको हो।

‘हामी मोरु डिजिटल वालेटसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित छौं,’ बासियोका सीईओ दिपक पौडेलले भने, ‘यो सहकार्यले नेपालमा होटल बुकिङ सेवालाई धेरै प्रयोगकर्तासम्म पुर्याउन सहयोग गर्छ, यो सहकार्यले मोरु प्रयोगकर्ताका लागि थप सेवा प्रदान गर्नुका साथै नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग गर्नेछ।’

बासियोले हाल आफ्ना प्रयोगकर्ताका लागि पहिलो होटल बुकिङमा १०५ विशेष छुट र अरु आकर्षक अफरहरू उपलब्ध गराइएरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij