काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा गैंडाकोट, नवलपरासीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले सहभागी अतिथि, सञ्चालक र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरे।
साधारण सभा संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशनसम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरु पारित गरिएको छ।
उक्त अवसरमा संस्थाले आगामी दिनमा आफ्नो सेवा प्रभावकारिता र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ। साधारण सभाले संस्थागत प्रगतिको मूल्यांकन गर्दै भविष्यका योजना र कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै निर्णयहरु गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij