२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इसेवाको १२औं वार्षिक साधारण सभा सम्पन्न

इसेवाको १२औं वार्षिक साधारण सभा सम्पन्न

1.1K
Shares

काठमाडौं –  डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र नगद लाभांश वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो।

मोबाइल टपअपबाट सेवा सुरू गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्स लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरूको पनि थालनी गरेको छ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा १ करोड ३० लाखभन्दा बढी इसेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरू रहेका छन्।

उक्त कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले उपस्थिति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij