२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित

प्रभु बैंकको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित

1.8K
Shares

काठमाडौं –  प्रभु बैंकको २३औं वार्षिक साधारण सभा बैंकको सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सोमबार सम्पन्न सभाले सञ्चालकहरु चयन गरेको हो। निर्वाचित हुने सञ्चालकमा संस्थापक समूहबाट अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र वृषबहादुर बस्नेत तथा सर्वसाधारण समूहबाट सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की छन्।

सभाले बैंकको गत आर्थिक वर्षको २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभाले बैंकका सहायक कम्पनीहरु प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।

सभा पेस गरिएका अन्य प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित भएका छन्।

बैंकले आफ्नो बैंकिङ्ग सञ्जाललाई विस्तारित गर्दै ७९ वटा एक्स्टेन्सन काउण्टर, २८६ वटा एटिएम र ३११ वटा शाखा कार्यालयहरूसहित ३५ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij