२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वर्णबास म्युजियम होटलले आइपिओ जारी गर्ने

वर्णबास म्युजियम होटलले आइपिओ जारी गर्ने

940
Shares

काठमाडौं – वर्णबास म्युजियम होटलले सेयर जारी गर्ने (आइपिओ) प्रस्ताव प्रथम वार्षिक साधारण सभाबाट पारित गरेको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको यस पाँचतारे बुटिक होटेलमा तीन स्विमिङ पुल रहेको छ।

साढे नौ तलाको होटल तीन तहमा विभाजित छ। ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मुल आदिवासी समुदायका भेषभूषा, रहनसहन र संस्कृति झल्काउने गरी डिजाइन गरिएको छ।

प्रत्येक कोठालाई हिमाल, पहाड र तराईका गाउँका नामबाट चिनाइएको छ। यस होटलको कुल लगानी एक अर्ब १६ करोड रूपैयाँ छ।

वर्णवासमा कोठाका लागि न्यूनतम २५० अमेरिकी डलर (करिब ३२ हजार रूपैयाँ) पर्छ। बढीमा प्रेसिडेन्टल स्विटका लागि १७ सय डलर (करिब दुई लाख १५ हजार रूपैयाँ) तिर्नु पर्छ।  होटलका मुख्य सञ्चालक राजेन्द्र बजगाईं हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij