२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको वार्षिक साधारणसभा सम्पन्न

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको वार्षिक साधारणसभा सम्पन्न

1K
Shares

काठमाडौं –  इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका संरक्षक समेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिएका छन् ।

अध्यक्ष दहालले भने, “बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ । समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ । देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।”

त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको संचालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे । इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिए ।

साधारणसभामा आईआईएनका संचालक समितिका सदस्यहरू तथा शेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij