काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित गरेको छ । साथै “एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात्जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट अंकित केडिया ( प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रा.लि. र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही दिन बसेको सञ्चालक समितिको बैठकले राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij