२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको ३२ औं साधारण सभा सम्पन्न

हिमालयन बैंकको ३२ औं साधारण सभा सम्पन्न

1.6K
Shares

काठमाडौं – हिमालयन बैंक लिमिटेडको ३२ औं साधारण सभा सम्पन्न सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

अध्यक्ष श्रेष्ठले आव २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको र अन्य आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड उनान्चालिस लाख एक हजार रुपैयाँ रहेको जानकारी दिए ।

जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको बैंकले जनाएकाे छ ।
यसैगरी, बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए ।

सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए ।
अध्यक्ष श्रेष्ठले सेयरधनीहरूलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आवबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाखमात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाखमा सीमित भएको जानकारी श्रेष्ठले जानकारी दिए ।

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij