२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको साधारण सभा सम्पन्न

गरिमा विकास बैंकको साधारण सभा सम्पन्न

1.5K
Shares

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित गर्दै अठारौँ सभा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै शेयरधनीहरूलाई ५% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

त्यस्तै, सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ।त्यस्तै संस्थापक शेयरधनी प्रतिनिधिमा दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल, र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी प्रतिनिधि: विमल पाण्डे, शोभाकान्त ढकाल, र आयुष्मा कोईराला निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै , साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले दिलिप प्रताप खाँडलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। गरिमाको हाल चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ। साधारण सभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका शेयरधनीहरूले प्राप्त गर्नेछन्।

गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम, र नविनतम डिजिटल बैंकिङ मार्फत सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ। यस साधारण सभाले बैंकको स्थायित्व र वित्तीय सुदृढतालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij