२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सस्टेनेवल इनर्जी फन्डको साधारणसभा सम्पन्न

लक्ष्मी सस्टेनेवल इनर्जी फन्डको साधारणसभा सम्पन्न

1.1K
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेड, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फन्ड लिमिटेडको पहिलो वार्षिक साधारण सभा सफलतापुर्वक सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी सस्टनेवल इनर्जी फन्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij