२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

1.3K
Shares

काठमाडौं –  गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आइतबार सम्पन्न भएको छ । सो सभाले संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीबाट पेश भएको आ.ब. २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij