२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न

मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न

770
Shares

काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पौष २८ गते आइतबार वित्तीय संस्थाका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभले अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको बार्षिक वित्तीय विवरण आ.ब. २०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै वित्तीय संस्थाले निकट भविष्यमा आफनै भवनबाट कारोबार संचालन गर्नको लागि विधापती चौंकबाट करीब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालय सँगै टासिएको डेढ कट्ठा जग्गा खरीद गरी घर निर्माणको प्रकृया अगाडी बढाएको, सुचना प्रबिधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ्ग कारोबार लाई सहज गर्न अत्याधुनिक सफटवेयर जडान गरी कारोवार संचालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागी थप २ वटा शाखा सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकामा गत महिनाबाट संचालनमा ल्याईसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij