२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता

नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता

1.6K
Shares
काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई टिकट शुल्कमा आठ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij