२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकको रिपोर्ट : उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत

नेपाल राष्ट्र बैंकको रिपोर्ट : उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत

900
Shares

काठमाडौं –  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको हो । मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ६.०५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष मङ्सिरमा मूल्यवृद्धि ४ दशमलव ९५ प्रतिशत रहेको थियो । मासिक आधारमा मंसिरमा औसत मूल्य वृद्धि ६.०५ प्रतिशत छ। अघिल्लो महिना कात्तिकमा भने यस्तो मूल्य वृद्धि ५.६० प्रतिशत थियो। गत वर्षको मंसिर महिनामा औसत मूल्य वृद्धि ४.९५ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीमा ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीमा १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९.७० प्रतिशत, घ्यू तेलमा ९.३९ प्रतिशतले बढेको छ। त्यस्तै, मरमसला १.१८ प्रतिशत र चिनीको ०.८३ प्रतिशतले मूल्य घटेको छ।

गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता/चप्पलमा ६.७५ प्रतिशत र घरायसी सामान र फर्निसिङको ५.२९ प्रतिशतले मूल्य बढेको छ। ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ६.५२ प्रतिशत र सहरी क्षेत्रमा ५.८९ प्रतिशतले बढेको छ।

कोशी प्रदेशमा ७.३५ प्रतिशत, मधेश प्रदेशमा ६.७७ प्रतिशत, बागमती प्रदेश ५.८४ प्रतिशत, गण्डकीमा ४.८१ प्रतिशत, लुम्बिनी ५.५३ प्रतिशत, कर्णाली ४.१९ र सुदूरपश्चिममा ६.६६ प्रतिशत महँगी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij