काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ४.४ प्रतिशतले वृद्धि भई ६ अर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
समिक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij