२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

330
Shares

काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिर) मा ६ खर्ब ४० अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ।

मंसिर एक महिनामा मात्रै एक खर्ब १८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो। गत आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा ६ खर्ब १३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यो पाँच महिनामा तीन अर्ब १८ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ।

त्यस्तै, आयातमा सामान्य सुधार भए पनि रेमिटेन्स बढ्दा मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १८ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। आयात तीन प्रतिशतले मात्रै बढेको छ। यो अवधिमा ६ खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको हो। अघिल्लो वर्षको यही अवधिमा ६ खर्ब ४२ अर्ब रूपैयाँको आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij