काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा सञ्चालक समितिका अध्यक्ष अपछ कुमार यादवको अध्यक्षतामा भएको थियो।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।
विशेष प्रस्तावमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने उद्देश्यका लागि उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने र संस्थाको चलअचल सम्पत्ति र दायित्वको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ। यस प्रक्रियामा आवश्यक सम्पूर्ण कार्यवाही गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij