२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

635
Shares

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार कित्ता शेयर बिक्रीमा राखेको छ।  उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर र बढीमा १० को गुणानमा सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। न्यूनतम मूल्यमा १०० कित्ता शेयर खरिदका लागि ७० हजार रुपैयाँ लाग्नेछ।

संस्थाले इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुकले आफूले किन्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाई आज पुस २५ गतेदेखि माघ २ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij