२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन इन्फ्रास्ट्रकचरले १०.५२ प्रतिशत लाभांश दिने

हिमालयन इन्फ्रास्ट्रकचरले १०.५२ प्रतिशत लाभांश दिने

690
Shares

काठमाडौं – हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिमिटेडले साधारणसभा आह्वान गरेको हो। प्राइभेट इक्विटी फण्डको रुपमा रहेको यो कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविधि प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सभामा वार्षिक प्रतिवेदन, वित्त्तीय प्रतिवेदन, लेखापरीक्षण परिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्तावमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि निर्देशन भईआएमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीको संचालकमा पृथ्वी बहादुर पांडे, महेश्वर प्रकाश श्रेष्ठ र शिवनाथ बहादुर पांडे रहेका छन् । यस कम्पनीले इक्रा नेपाल, छायाँ सेन्टर, युनाइटेड मोदी हाइड्रो, मान्डु हाइड्रो, निलगिरी खोला हाइड्रो, लगायत कम्पनीमा लगानी गरेको छ। ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij