२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

865
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ९४ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १ टाँडी, चितवनमा आफूले खरिद गर्ने शेयर कित्ताको ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij