काठमाडौं – नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाबाट नयाँ सञ्चालक समिति चयन भएको कम्पनीले जनाएको छ।
सञ्चालक समितिमा संस्थापक सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन्।
साथै, साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औँ बैठकले लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij