२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिन सकिने

आजदेखि ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिन सकिने

1.2K
Shares

काठमाडौं – आज पुस २३ गतेदेखि ङादी ग्रुप पावर लिमिटेडले  शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। हकप्रद शेयर निष्कासन र बाडँफाँडपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन्। आवेदन माघ १४ गतेसम्म दिन सकिनेछ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ।

साथै   बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक र यसका विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij