२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

885
Shares

काठमाडौं  -जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको शेयर निष्कासन गर्ने भएको हो । शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij