काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २५९१.५६ बिन्दुमा आएको छ । बजारमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज १४१ कम्पनीको शेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेकोछ । आठ कम्पनिको शेयरमुल्य स्थिर रहेको छ ।
आज आठ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यसदिन विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij