काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार सात कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७१४.४३ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ७५७.३० रुपैंया आधारमा मूल्य समायोजन गरेको छ ।
कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५०३.७४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
श्रीइन्भेष्टमेन्ट फाइनान्स लिमिटेड को १.८६५९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५५४.६५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५६५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
हिमालयन डिस्टीलरी लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १८३.४८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ३६१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४६६.०२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ४.५७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार १०० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६८०.९३ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीको अन्तिम कारोबार ७३२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
यी सात वटै कम्पनीको सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij