२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

890
Shares

काठमाडौं-  प्रभु बैंक लिमिटेडले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले अंग्रेजी नयांँ वर्ष २०२५ को सुरूवातसँगै विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्लब’ सञ्चालनमा ल्याएको हो।

उक्त काउण्टर मार्फत नगद जम्मा गर्न, नगद रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटिएम तथा विभिन्न केआइओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

यस सेवाको सुरूवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ।

हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकले बताएको छ। साथै यस नवीनतम सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij