काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज आठ उपसूचकमा हरियाली आएको छ । विकास बैंकको १.६८ प्रतिशत, फाइनान्स समूहको ३.८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij