काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अकंले घटेर २५७६.५० बिन्दुमा आइपुगेको छ । आज ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । यो दिन ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। ज विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट देखिएको छ । खराब कर्जा उच्च रहेको यो सेक्टरको शेयर मूल्य ओरालो लागेको छ । आज विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij