काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij