काठमाडौं- आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सात कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सो दिन नेप्सेमा कृषि विकास बैंक लिमिटेड , मितेरी डेभलपमेन्ट बैंक लिमिटेड , महालक्ष्मी विकास बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र चिलिमे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्त को ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्त को १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो।
समायोजनपश्चात कृषि विकास बैंकको शेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मी को ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भर को ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमे को ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।
यही समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात मंगलबार दास्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij