२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नमस्ते पे मार्फत प्रत्येक हवाइ टिकट खरिद गर्दा १५० रूपैयाँ क्यासब्याक

नमस्ते पे मार्फत प्रत्येक हवाइ टिकट खरिद गर्दा १५० रूपैयाँ क्यासब्याक

1.5K
Shares

काठमाडौं – नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले हवाइ टिकट खरिदमा प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरू गरेको छ। यो अफर पुस १४ गतेदेखि १८ गतेसम्म उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।

क्यासब्याक हरेक टिकटमा लागु हुनेछ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन् उति नै धेरै क्यासब्याक पाउने कम्पनीको भनाइ छ। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरू गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्नेछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij