२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ भव्यताका साथ सम्पन्न

‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ भव्यताका साथ सम्पन्न

1.7K
Shares

काठमाडौं – काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ नतिजा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका विवाहमा खिचिएका तस्बिरहरूको देशै भरबाट संकलन गरी उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डे ज्यू को प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट फोटो मध्ये पहिलो स्थान ओगट्न सफल सञ्जय मगरले सोनी मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् भने भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन ।

उक्त फोटो र भिडियो सङ्कलन गर्ने क्रममा उक्त कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई सार्वजनिक गरेको कुरा बताउनु भयो ।

यसै कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माननीय संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेल ज्यू ले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित सम्पूर्ण विवाहमा खिचिएका तस्बिरहरु र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सभापतिको भूमिका निर्वाह गर्दै काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्नुहुने सम्पूर्ण फोटोग्राफर साथीहरूप्रति आभार व्यक्त गर्नुभयो । उक्त उत्कृष्ट फोटोहरूलाई नेपाल कला परिषदमा आज प्रदर्शनीको लागि राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij