काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ।
संस्थाले हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij